Thu. Apr 25th, 2024

बलिउड स्टार अमिर खानले एक कार्यक्रममा लड्डुको प्याकेट उपाहार पाएका छन् । अमिर खानको टिभि सिरियल ‘सत्यमेव जयते’ बाट अमिरले ट्रफिको साटो लड्डुको प्याकेट पाएका हुन् ।
४९ बर्षिय अमिर खानले टिभि सिरियल ‘सत्यमेव जयते’बाट समाजमा ठुलो योगदान गरेको भन्दै अमिरलाई सम्मान गरेका थिए । सो टिभि सिरियलमा समाजिक समस्या,बलत्कार,महिला माथि हुने गरेको हिंसा,भेदभाब,भष्ट्रचार जस्ता कुराहरुलाई सो टिभि सिरियलमा अमिरले समाबेस गर्दै आएका छन् ।
पुरस्कार सम्मान कार्यक्रममा श्रिमति किरण राव साथ पुगेका अमिरले आफुले पुरस्कारमा लड्डु उपहार पाएकोमा आफु निकै खुसी भएको बताएका थिए । कार्यक्रममा हसाउदै अमिरले भने ‘मलाई लाग्दैन तपाईहरुले मेरो लागी लड्डुको प्याकेट उपहारमा दिनु पर्छ जस्तो किनकी चलचित्र धुम ३ पछि मेरो तौल निकै बढेको छ ।’
उनले सोहि कार्यक्रममा भने ‘मलाई लाग्छ फिल्मको सफल्ताले मलाई जिन्दगीमा ठुलो भुमिका राख्ने गर्दछ ।’ उनले भावुक मुद्धामा भने ‘मेरो २५ बर्षे चलचित्र करियरमा मैले धुम ३ जस्तो निर्देशक सगँ काम गर्ने मौका पाए म धेरै भाग्यमानी छु ।’

%d bloggers like this: