Sat. Oct 26th, 2024

नेपाली रंग पत्रकारितामा कलम चलाउदै लाएका रंग पत्रकार लक्ष्मण सुवेदीले केहि दिन अगाडी मात्र एउटा साथि नामक चलचित्र सकाएर फुलपातिका दिन प्रदर्शन मिति तोकीसके पछि यति बेला लक्ष्मणलाई चलचित्रबाट निकै राम्रो अफर आइरहेको छ ।
सोमबार बिहान लक्ष्मणले निर्देशन गर्ने दोश्रो फिल्म ‘काल’ र टेलिफिल्म ‘अञ्जुलीको’ शुभ मुहुर्त गरिएको छ । चलचित्र बिकास बोर्डका अध्यक्ष धर्मेन्द्र मोरवैता (पप्पु) ले क्ल्याप ठोकी काल निर्माणको शुभारम्भ गरेका थिए ।
1535497_10202879846130363_3769051834030699916_n
पाख्रिन फिल्मसको ब्यानरमा बन्ने यी दुई प्रोजेक्ट मध्ये टेलिफिल्म आउदो हप्ताको सोमबार देखि फ्लोरमा जाने बताईएको छ । फिल्ममा आयुष्मा कार्की, हेलेन पाख्रिन, सोम लामा, रोहित रुम्बा र नरेश वीर सिंहपनि मुख्य कालकारका रुपमा देखिने भएका छन् । फिल्ममा अभिनेता नीर शाह र केशव भट्टराई पनि टेलिफिल्ममा देखिने छन् । टेलिफिल्म ५२ हप्ताको हुने छ भने फिचर फिल्मका रुपमा बन्ने ‘काल’ को छायाकंन भदौ तेश्रो हप्तादेखि सुरु हुने बताईएको छ ।