Fri. Apr 19th, 2024

चितवन, नवलपराशी ,मकवानपुर जस्ता विभिन्न स्थानहरुमा छायंकन गरिएको चलचित्र मन मनमाको एउटा गीत सार्बजानिक गरेको छ।
रमेश कोईराला द्धारा निर्देशन भएको चलचित्र मन मनमाका लेखक भने केदार दवाडी हुन । ज्ञानज्योति सिने मेर्कसको प्रस्तुती रहेको चलचित्र मन मनमा शिक्षा नै मनिसको पहिलो आवश्यकता हो भन्ने मुख्य सन्देश दिन खोजेको निर्देशक कोईरालाले बताएका छन् ।
चलचित्रमा सम्पुर्ण नव कलाकारहरु रहेका छन् । जसमा नव नायक प्रदिप गिरी, किशोर खड्का,नव नायिकामा रिजा सुगम सहित वरिष्ठ कलाकार ऋद्धिचरण श्रेष्ठ, ध्रुव कोईराला, देवीराम पराजुली, रश्मी भट्ट लगायतका कलाकारहरुले चलचित्रमा अभिनय गरेका छन् । रामेश्वर हुमागाईको छायाङ्कन र तारा सिलवाल चलचित्रका कार्यकारी निर्माता रहेकी छिन् ।
यति बेला सार्वजानिक भएको चलचित्र मन मनमा को गित एक शिक्षिकाले विद्यार्थीलाई पढाइरहेको दृश्य समाबेश गरिएको छ । चलचित्रको प्रदर्शन मिति भने हाल सम्म नतोकिएको निर्माणपक्षले बताएको छ ।

%d bloggers like this: