Sat. Oct 26th, 2024

बिज्ञापन निर्देशनको क्षेत्रबाट फिल्म क्षेत्रमा प्रवेश गरेका कञ्चन शाहीको निर्देशनमा रहेको चलचित्र ‘अनौठो प्रेम कथा’ यहि असार २० गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ ।
 
सुष्मा अधिकारी, सन्तोष वली, निरञ्जन थापा, सपना ताम्राकार र कञ्चन शाहीको मुख्य भूमिका रहेको चलचित्र अनौठो प्रेम कथाको सुशान्त सिंह, शर्मिला शाही र पुष्पराज शाहीले निर्माण गरेका हुन् ।
 
सुरेश अधिकारीको संगीत रहेको चलचित्रलाई दिपेन्द्र थपलियाले छायांकन गरेका हुन् । काठकाण्डौका विभिन्न स्थानमा सुटिङ गरिएको यो चलचित्रमा बर्तमान युवाहरुको कथा प्रस्तुत गरिएको निर्देशक शाहीको भनाई छ ।