Sat. Apr 27th, 2024

बलिउडकी दबंग गर्ल सोनाक्षी र अक्षयको जोडिद्धारा अभिनित चलचित्र होलिडेले बलिउड बक्स अफिसमा धमका मच्चाएको छ । स्रोतले बताए अनुसार होलिडेको कमाई १०० करोड भन्दा माथि भएको बताइएको छ ।
दक्षिण भारतिय फिल्मका निर्देशक एआर मुर्गदौसले निर्देशन गरेको चलचित्र होलिडे असार २२ गते प्रदर्शनमा आएको थियो । फिल्म चलेको एक हप्तामा नै होलिडेले ६८ करोड भन्दा माथिको व्यापार गरेको थियो । यस बर्ष चलेका चलचित्र जय हो र २ स्टेट्सले १०० करोड भन्दा माथिको व्यापार गर्न सफल भएका थिए । चलचित्र होलीडेलाई आम दर्शकले निकै मनपराएका थिए ।

%d bloggers like this: