Thu. Apr 25th, 2024

रूपन्देहीकी तेरिया मगरले भारतीय टेलिभिजन च्यानल जी टिभीबाट प्रशारण भएको रियालिटी सो डिआईडी लिटिल मास्टर्सको उपाधी जितेकी छन् । शनिबार राती भएको फाइनलमा प्रतिस्पर्धी अरु तीन जनालाई पछि पार्र्दै ११ बर्षिया तेरियाले उपाधी जितेकी हुन् ।

प्रतियोगितामा अनुष्का क्षत्री दोस्रो स्थानमा पर्न सफल भइन् । अडिसन राउन्डदेखि नै उत्कृष्ट नृत्य प्रस्तुत गर्दै आएकी तेरियाले १४ बर्ष सम्मका ४० हजार बढिलाई पछि पारेकी हुन् ।

मुम्बईमा भएका तीन ओटा अडिसन, नयाँ दिल्लीमा भएको टेलिभिजन अडिसनमा १ सय २ जना, कोरियोग्राफ राउन्डमा ३६ जना, मेगा राउन्डमा उत्कृष्ट १६ तथा अन्तिम राउन्डमा १० हुदै फाइनलमा पुगेकी थिइन् ।

डीआईडी लिटिल मास्टर्समा पुग्ने तेरिया पहिलो नेपाली समेत भएकी छन् । प्रतियोगिताको उपाधी सहित उनले नगद ५० लाख भारतिय रुपैँया र एउटा कार समेत पाएकी छन् ।

बुटवलस्थित वागेश्वरी संगीतालयमा विगत पाँच बर्षदेखि नृत्य सिक्दै आएकी तेरिया रुद्रपुरकै पिस ल्यान्ड भूपू सैनिक विद्यालयमा पाँच कक्षामा अध्ययनरत छिन् । उनकी आमा सोही विद्यालयमा क्यान्टिन सञ्चालन गर्छिन भने बाबु रोजगारिकालागि दुबईमा रहेको खबर राजधानी दैनिकले छापेको छ ।

%d bloggers like this: