Thu. Apr 18th, 2024

आज विश्व संगीत दिवश । यो दिवश संसारभर एकैचोटी मनाइदै छ । संगीत दिवश मनाउन फ्रान्सदेखि सुरु भएको हो ।

सन् १९८२देखि अनौपचारिक रुपमा यो दिवश मनाउन सुरु गरिएको थियो । पछि सन् १९८७ देखि औपचारिक तवरले संगीत दिवश मनाउने गरिएको हो ।
नेपालमा भने धेरैपछि आएर विश्व संगीत दिवश मनाउन थालिएको हो ।

बिषेशत नेपालमा, नेपाल सांगीतिक संघको अगुवाईमा दिवश मनाइदै आएको छ । संघले आज विविध कार्यक्रम गरी दिवश मनाउन लागिएको नेपाली संगीतकर्मीहरुले बताएका छन् ।

काठमाण्डुको सिभिल ट्रेड सेन्टरमा भव्य कार्यक्रममा साथ दिवश मनाउने तयारी भएको संगीतकर्मीहरुको भनाई छ । कार्यक्रममा झण्डै ४० जना कलाकारले आफ्नो प्रस्तुति देखाउने छन् ।

साथै दिवशकै अवसरमा संघले गीतकार रत्नशमसेर थापा, संगीतकार दीपक जंगम, गायिका मीरा राणा, बाद्यबादक नर्वु छिरिङलाई सम्मान गर्ने भएको छ ।

%d bloggers like this: