Wed. Apr 24th, 2024

‘इन्डियन आइडियल’समेत जितेका गायक एवं नायक प्रशान्त तामाङ्ग पछिल्लो चलचित्र निशानीबाट फेरि रंगिन दुनियामा देखिन थालेका छन् ।
आज काठमाडौंमा एक पत्रकार सम्मेलन गरि चलचित्र निशानी भदौ २७ गतेबाट देशभर प्रदर्शन हुने बताइएको हो । गायकमा निकै रुचाइएका प्रशान्तको गोर्खा पल्टन नामक चलचित्र भने दर्शकले निकै मनपराएका थिए तर अरु चलचित्रमा भने प्रशान्त चलचित्रमा जम्न सकेनन् ।
nishani-nepali movie
चलचित्र निशानीलाई लाई बिनोद सेरेङले लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रमा सरोज भण्डारी र ललिता सेरेङको लगानी छ । प्रेम सुब्बाको प्रस्तुतीमा तयार भएको सिनेमामा अनु गुरुङ, सुरज रानाभाट, जयनन्द लामा, कोपिला थापा लगायतका कलाकारले पनि अभिनय गरेका छन् ।
चलचित्रमा किशोर राइको सह–निर्माण, यूवराज राइको छायांकन, जनक गुरुङको द्वन्द्व, गोविन्द राइ र शिव शर्माको नृत्य, विपिन मल्ल र सुरज श्रेष्ठको सम्पादन छ । चलचित्रलाई वीर गोर्खा सिपाहीहरुको वीरताको कथा भनिएको छ ।

%d bloggers like this: