Fri. Apr 26th, 2024

ब्राजिलमा जारी फिफा वल्र्डकपको क्रेजले कुनै क्षेत्रलाई पनि छोडेको छैन । हरेक क्षेत्रका मानिसलाई वल्र्डकपको तातोले आँफुतिर तानेको छ । खासगरी सँधै भरी कुनै न कुनै कारण चर्चामा रहने फिल्मी क्षेत्रका स्टारहरुलाई त यो विश्वकपले झनै क्रेजी बनाएको छ ।

हलिउड र कलिउडका भन्दा बलिउड सेलिब्रेटी अझै अगाडि देखिएका छन् । अर्थात हरेक दिन बलिउड सेलिब्रेटीका फिफा विशेषका नयाँ क्रियाकला बाहिरिने गरेका छन् ।

यस्तैमा बलिउड मोडल नतालियापनि फिफा विशेषकासाथ देखिएकी छन् । उनी तस्बिर मार्फत फिफासँग नजिएकी हुन् । फुटबलका साथ खिचाएका अनेक तस्बिरमा उनले हालै सार्वजनिक गरिन् । तस्बिरमा उनको ग्ल्यामर्स छबि पनि झल्काएको छ ।

तस्बिर सार्वजनिक पछि नतालियाले आफ्नो मनपर्ने खेल फुटबल भएको समेत बताएकी छिन् । ‘मलाई फुटबल खेल मनपर्छ’, नतालियाले भनिन् ‘म फुटवलको दिवानी पनि हुँ ।’ सधै फुटबल खेल हेर्ने गरेको बताउने उनले आफूलाई अर्जेन्टिनाको खेल मनपर्ने प्रतिक्रिया दिएकी छन् ।

%d bloggers like this: