Fri. Apr 19th, 2024

एजेन्सी । नेयमारसहित ब्राजिलियन खेलाडीहरुको एक पछि अर्को प्रहार रोक्दै टिमलाई प्रिक्वार्टरफाइनल नजिक पुर्‍याएका मेक्सिकन गोलकिपर गुईलेर्मो ओचोआ एका–एक सेलिब्रेटी बनेका छन् ।
ब्राजिलसँगको खेलमा गरेको प्रदर्शनका कारण विश्वभर चर्चामा रहेका ओचोआलाई एक चर्चित पप स्टारले विवाहको प्रस्ताव राखेकी छिन् । थालियाले आफ्नो ट्विटरमा लेखेकी छिन्, ‘ओचोआ, म्यारी मि ’ ट्विटका अलावा उनले मेक्सिकन किपरको एउटा तस्विर पनि पोस्ट गरेकी छिन् ।

%d bloggers like this: