Sat. Apr 20th, 2024

पछिल्लो समय बलिउडमा निकै चर्चामा रहेकी नायिका हुन श्रद्धा कपूर । आशिकी २ चलचित्रबाट निकै चर्चामा रहेकी श्रद्धा कपूर अझ बलिउड चलचित्रबाट धेरै कुरा हासिल गर्न बाँकी रहेको बताएकी छिन् ।
बलिउडका निकै चर्चित कलाकार शक्ति कपुरकी छोरी श्रद्धा कपूरले पहिलो पटक तीन पत्ती चलचित्रबाट रजतपटमा भित्रिएकी थिइन । आशिकी २ले श्रद्धालाई रजतपटमा एक सफल नायिकाको रुपमा पनि चिनाउन सफल भयो ।
श्रद्धाले भनिन् आशिकी २ चलचित्र पछि अझै मैले बलिउड बाट धेरै कुरा सिक्न बाँकी छ त्यसैले पनि म अहिले मेहेनत गरिरहेको छु । श्रद्धा हाल नयाँ चलचित्र एक था विलेन मा काम गरिरहेकी छिन् ।
माहित सुरिले निर्देशन गरेको चलचित्र एक था विलेन मा सुरि सगँ काम गर्दा आफुलाई निकै खुसी महशुस भइरहेको बताएकी छिन् । श्रद्धा एक था विलेन सगै विशाल भारद्वाजको हैदर र रेमो डिसूजाको एबीसीडी चलचित्रमा काम गरिरहेकी छिन् ।

%d bloggers like this: