Thu. Apr 18th, 2024

पहिलो चलचित्र नाई नभन्नु ल बाट नेपाली रजतपटमा भित्रिएकी नायिका ऋचा सिंह अब बैबाहिक जिबनमा बाधिन लागेकी छिन् । पछिल्लो समय धमाधम नेपाली कलाकारहरुको विवाह हुदै जान थाले पछि यति बेला प्राय कलाकारहरुको विवाहको लगन पनि जुर्ने क्रम बढ्दै गएको छ ।
केहि महिना अगाडी मात्र नायिका रेजिना उप्रति,नायक आर्यन सिग्देल,महानायक राजेश हमालको विवाह भइसकेको छ । त्यस सगै विवाहको अन्तिम तयारिमा अब नायक श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्का पछि छन् । यसरी धमाधम नेपाली कलाकारहरुको विवाहको लगन जुर्ने थाले पछि आज नायिका ऋचा सिंहले दिउँसो काठमाडौंमा रहेको इन्द्रेणी पार्टी प्यालेसमा विवाह हुदै छ ।
विवाहको पार्टी भने भोली दिने बताइएको छ । नेपाली सिनेनगरिमा झण्डै आधा दर्जन चलचित्रमा अभिनय गरिसकेकी ऋचा नेपाली चलचित्रमा राम्रो सगँ चल्न भने सकिनन् । नाई नभन्नु ल ले र म तिम्रो भइसके चलचित्रले कहि राम्रो व्यापार गरे पनि ऋचाको अरु चलचित्र भने राम्रो सगँ चल्न सकेनन् ।
अष्ट्रेलियामा बस्दै आएका नेपाली गजेन्द्रराज थापा सगँ ऋचा सिंहको विवाह हुन लागेको हो । गजेन्द्रको नेपालमा घर विराटनगरमा छ । ऋचा सिंह र गजेन्द्रको झण्डै १७ महिना देखी प्रमि सम्बन्ध रहेको बताइएको छ ।
 

%d bloggers like this: