Thu. Apr 25th, 2024

नेपाली सिनेनगरिको सुन्दर आकाशमा धेरै व्यक्तिहरु रम्न खोजी रहेका हुन्छन् । तर केहि व्यक्तिले मात्र यस क्षेत्रमा सफलता हात पर्र्न सफल हुने गरेका छन् । तर पहिलो चलचित्र नै दर्शकले मन नपराइदिदाँ अर्को चलचित्र देखी सो कलाकारको माग हुनै हुन छोड्छ चलचित्रहरुमा । तर एक भाग्यमानि नायिका हुन स्वेता खड्का । स्वेताको पहिलो चलचित्र कहाँ भेटिएलाले निकै रामे सफलता हात पारेपछि यति बेला नेपाली सिनेनगरिको आकाशमा एक सफल नायिकाको रुपमा पनि चिनीदै आएकी छिन् स्वेता ।
कहाँ भेटिएलाले १०० दिन मनाउन सफल भए पछि उनी चलचित्रमा एक उदयमान नायिकाको रुपमा चिनिदै आइन तर उनले सो चलचित्र पछि अरु कुनै पनि चलचित्रमा हात हालिनन् । झण्डै ५ बर्षको अन्तराल पछि दर्शकले कहाँ भेटिएलामा निकै मन पराएका उनै जोडि श्रीकृष्ण र स्वेता फेरि एक चलचित्रमा देखिन लागेका छन् ।
श्रीकृष्ण श्रेष्ठको निर्माणमा बनेको चलचित्र कोहिनुर यहि श्रावण महिनाको २३ गते देशभर प्रदर्शनमा आउने भएको छ । कहाँ भेटिएला चलचित्रबाट दर्शकले निकै रुचाइएको जोडि दर्शकले हर्न पाउने भए पछि यति बेला चलचित्र कोहिनुरलाई पनि एक आशादित चलचित्रको रुपमा हेरिन थालिएको छ ।
काठमाडौंमा जन्मिएर काठमाडौंमै उच्च शिक्षा हासिल गर्दै गरेकी नायिका स्वेता एक सफल विजनेस युवति पनि हुन । उनले नेपालका केहि चर्चित कम्पनी सम्हाल्दै आइरहेकी छिन् । सानै देखी निकै तृष्ण दिमाख कि स्वेता चलचित्र क्षेत्रमा लाग्ने भन्ने कल्पना पनि नगरेको बताउछिन् ।
पछिल्लो समय श्रीकृष्ण श्रेष्ठ र स्वेता खड्का बैबाहिक जिबनमा बाधिने अन्तिम तयारिमा रहेका खबर बाहिर आए सगै यति बेला उनीहरु चर्चाको शिखरमा छन् । उनै व्यस्त विजनेस व्यक्ति एवं एक सफल नायिका स्वेता खड्का सगँ विवाह र चलचित्र कोहिनुरको विषयमा हाम्रा सहकर्मी मनिष दाहालले गर्नुभएको कुराकानी ः ः ः ः ः
 
१.      कहाँ भेटिएला चलचित्र पछि अर्को चलचित्र कोहिनुर दर्शकमाझ ल्याउनु भएको कतिको विस्वस्त हुनुहुन्छ चलचित्रलाई लिएर ?
अँ,धेरै पछि धेरै मेहेनत गरेर हामीले यो चलचित्र निर्माण गरेका हौ । पहिलो चलचित्र कहाँ भेटिएला खेल म त्यति अनुभवी थिइन यस पटक चलचित्रले मागेका हरेक चिज दिने प्रयास गरेको छु । एक त कहाँ भेटिएला चलचित्रको अपार सफल्ता पछि आम दर्शक फेरि हामीलाई चलचित्रमा देख्न आतुर छन् त्यसैले पनि म चलचित्र कोहिनुरको विषयलाई लिएर निकै खुसी छु । चलचित्र आम दर्शकले मन पराउनु हुनेछ भन्नेमा । र चलचित्र आम दर्शकहरुले सोच्नु भएको भन्दा पनि राम्रो छ किनकी हामीले चलचित्रलाई चाहिने सम्पुर्ण कथा बस्तु निकै मज्जाले पुराएका छौ ।
 
२.  कस्तो खाल्को चलचित्र हो कोहिनुर ?
चलचित्र पुर्ण रुपमा नारि प्रधान हो । जसमा कोहिनुर भन्ने पात्रले एक नारिको बेदनालाई बोकेकी छिन् । नपठेका महिलामात्र होइन पठेका महिलाहरु पनि बेचिन्छन् भन्ने कथालाई यस चलचित्रले उठान गरेको छ ।
 
 .पहिलो पटक क्यामेरा फेस गर्दा कस्तो अनुभब भयो तपाईलाई ?
पक्कै पनि मेरो पहिलो चलचित्र कहाँ भेटिएला मा अभिनय गर्दा म धेरै नभर्स थिए । किनकी मलाई यस क्षेत्रको बारेमा त्यति ज्ञान पनि थिइन । म भन्दा धेरै सिनियर कलाकारहरुले अभिनय गर्नुभएको थिए । तर यो चलचित्रमा मैले गरेको अभिनय देखेर सायद नरुने मान्छे कमै भेटनुहुन्छ होला किनकी चलचित्रमा मैले त्यति राम्रो अभिनय गरेको छु ।
 
४.तपाईले पहिलो चलचित्र कहाँ भेटिएलामा एक सरल नारि एवं प्रेमिकाको रुपमा अभिनय गर्नुभएको थियो तर यो चलचित्र कोहिनुरमा चै एक्सन नायिकाको रुपमा अभिनय गर्नुभएको छ आखिर किन ?
यो एक शषपेन्स पनि हो,तर चलचित्रमा सबै कथा बस्तु छन् एक्सन पनि छन्,लबप्याटनका दृश्य पनि छन् अर्थात समग्र रुपमा भन्नु पर्दा सबै चिज छन् चलचित्रमा तर चलचित्र कोहिनुरमा मेरो बढि एक्सन दृश्य मनपराउनु भएको छ त्यति मात्र हो । चलचित्रमा सबै खाल्का दृश्य समाबेश गरिएको छ ।
 
 ५.पछिल्लो समय चलचित्रको व्यापार राम्रो नभई रहेको अबस्थामा चलचित्र कोहिनुरले कस्तो व्यापार गर्छ भन्नेमा हुनुहन्छ ?
हेर्नुस,राम्रो कर्म गरे राम्रो फल मिल्छ भन्ने हाम्रो पहिलो चलचित्रबाट पनि उदारण पाहिसकेका छौ । त्यसैले पनि चलचित्र कोहिनुरलाई हामीले निकै राम्रो बनाएका छौ । म पुरा विस्वस्त छु चलचित्र सोचेको भन्दा पनि राम्रो हुने छ आम दर्शकले मन पराउनु हुने छ ।
 
 ६.चलचित्र कोहिनुरमा हिन्दी दृश्य पनि समाबेश गरिएको छ किन आबश्यक थिए हो चलचित्रलाई हिन्दी दृश्य ?
कथाले मागेको नै हो सो दृश्य समावेश गर्नका लागी । नभए फिल्म बनाउनका लागी त्यत्रो खर्च गरेर बम्बई समम किन जानु पर्थो होला र । यो कथानै त्यहि मार्मिक छ त्यसैले पनि हिन्दी दृश्य समावेश गर्नुपर्यो । महिला बेचविखन सम्बन्धि चलचित्र भएका कारण कसरी बेचिन्छन् नेपाली महिला भन्ने विषयलाई चलचित्रले उठाएको छ ।
 
 
७.अब कुरा गरौ, विवाहको विषयमा । पछिल्लो समय तपाई र श्रीकृष्ण श्रेष्ठको विवाहलाई लिएर धेरै कुरा बाहिर आए के साच्चै तपाईहरु विवाह बन्धनमा बाधिन नै लाग्नुभएको हो ?
हा.हा.हा.,यो पाँच बर्षको अन्तरातलमा हामी विचमा कहिले पनि माया प्रेम भन्ने नै भएन । विवाह भन्ने कुरा आफुले गरेर हुने भन्ने होइन रैछ यो त माथि भगवानले नै जुराएका हुदाँ रैछन् । त्यसैले पनि यहि समयमा विवाह हुनुपर्दो रैछ भनेर भगवानले नै पठाएका रैछन् । हो हामी अब चाडै नै विवाह बन्धनमा बाधिन लागेका छौ ।
 
८.विवाह गर्दै छौ त भन्नु भयो तर केहिले भन्ने चै पक्का भएन नी ?
अहिले हाम्रो परिवारमा विवाहको विषयलाई लिएर कुरा चलिरहेको छ त्यसैले पनि परिवारबाट विवाहको मिति पक्का हुन साथ तपाईहरुले थाहा पाउनु नै हुने छ ।
 
९ कहिले सम्म पक्का हुन्छ होला विवाहको मिति चै ?
हा.हा.हा.,अब एक हप्ता पर्खनुस खुसीको खबर सुन्नु हुने छ ।
१० विवाहको विषयलाई लिएर परिवार राजी हुनुहुन्छ ?
एकदमै,राजी नहुनुभएको भए आज यो सब कुरा बाहिर आउदै आउदैन् थियो होला परिवारको पुरा साथ छ हामीलाई ।
 
११. तपाईले केहि बर्ष अगाडी एक कार्यक्रममा भन्नु भएको थियो मेरो एक मिसन छ त्यो मिसन पुरा नभए सम्म म विवाह गर्दिन भनेर आज त्यो मिसन पुरा भएको हो र त्यो के थियो हो ?
हे मैले भनेको थिए । म एक सफल विनजेस म्यान बन्न चाहान्थे र आज त्यो पुरा पनि भएको छ । म आज आफनो खुटामा अभिएर केहि गर्न सफल भएको छु त्यसैले पनि मेरो मिसन भनेको यहि नै थियो । र आज त्यो पुुरा भएको छ ।
 
 १२.तपाईहरुको विवाहलाई लिएर धेरै हल्ला पनि बाहिर आए ,श्रीकृष्ण र स्वेता चलचित्रका लागी भए पनि विवाह गर्दै छन् भन्ने के त्यो सहि हो ?
त्यो सरासर गलत हो । तपाई आफै भन्नुस न कसैले आफनो जिन्दगी एउटा चलचित्रका लागी विताउन चाहान्छ होला । ओहो त्यो त सोच्न पनि सक्दिन । हामी चलचित्रका लागी होइन हामी बास्तविक जिबनमा नै जिबन साथि बन्दै छौ । हाम्रो विवाह हुनु पर्दैन चलचित्र चल्नका लागी हाम्रो चलचित्र त्यसै राम्रो छ । मेरो पहिलो चलचित्र कहाँ भेटिएला जस्तै यस चलचित्र कोहिनुर पनि दर्शकले निकै मन पराउनुहुने छ ।
 
 १३.अन्तत ः चलचित्रलाई लिएर र आफना बारेमा केहि भन्न चाहानु हुन्छ आम दर्शकहरुलाई ?
मेरा लागी आम दर्शक भगवान सरह हुनुहुन्छ । कहाँ भेटिएला चलचित्रको अपार सफल्ता पछि फेरि तपाईहरुको माया पाउन चलचित्र कोहिनुर तपाईहरुको माझ ल्याएका छौ । एक पटक अबश्य श्रावण २३ गते चलचित्रहल सम्म गई हर्दिनु होला भन्न चाहान्छु र अर्को कुरा चलचित्रका लागी हामीहरु विवाह गर्न लागेको होइन,यो भ्रममा हनुहु होला । तपाईहरु पनि यहि चाहानु हुन्थो हामी दुईको विवाह होस भन्ने र हामीले पनि एक अर्कालाई नजिकबाट बुझेका कारणले गर्दा हामी चाडै नै विवाह बन्धनमा बाधिन लागेका छौ । केहि दिन पछि तपाईहरुले निकै खुसीको खबर सुन्नु हुने छ ।

%d bloggers like this: