Fri. Apr 26th, 2024

काठमाडौं । नेपाली चलचित्र उद्योगमा धेरै बालकलाकार भित्रिए तर केहि बालकलाकारहरुले मात्र यसक्षेत्रमा सधै रहिरहने नाम दिएका छन् ।नेपाली चलचित्रहरु महिनामा झण्डै ७ देखी ८ वटा चलचित्रहरु सिनेमा हलहरुमा भित्रन्छन् त्यहि चलचित्रहरुमा प्राय बालबालिकाको अभिनय पनि निकै आबश्यक परिरहेको हुन्छ । बालबालिकाको अभिनयले चलचित्रलाई अझ सुन्दर बनाउन मदत पुगेको हुन्छ त्यसैले पनि चलचित्रमा बालकलाकारहरुको अभिनय चलचित्रमा निकै आबश्यक हुन्छ ।
त्यहि भिडका दुई बालकलाकार हुन अनुभब रेग्मी र सुग्यानी भट्टराई । जो अहिलेका निकै आकर्षक बालकलाकार पनि । पहिलो चलचित्र “रिदम”बाट बालकलाकारको अभिनयबाट चलचित्रक्षेत्रमा उदाएका अनुभबले सोहि चलचित्रबाट उत्कृष्ट बालकलाकारको अवार्ड समेत हात पार्ने सफल भए । त्यसपछि लगातार चलचित्रमा बालकलाकारको अभिनयमा देखिन थालेका अनुभवले अहिले सम्म झण्डै आधा दर्जन चलचित्रमा बालकलाकारको अभिनय गरिसकेका छन् ।
पछिल्लो समय चलचित्र “नाई नभन्नु ल २” मा मुख्य भुमिकामा देखिएका अनुभबलाई आम दर्शकले निकै मनपराए पछि यति बेला अनुभब निकै चर्चामा छन् । अहिले अनुभब लगातार विभिन्न चलचित्रमा अभिनय गरिरहेका छन् । उमेरले ६ बर्ष पुगे पनि उनी निकै तृष्ण दिमागका छन् ।
त्यस्तै अर्की बालकलाकार हुन सुग्यानी भट्टराई । पहिलो चलचित्र “नाई नभन्नु ल २” मा अनुभबको प्रेमिकाको रुपमा देखा परेकी सुग्यानीलाई पनि सोहि चलचित्रबाट दर्शकले निकै मन पराएका छन् । उमेरले ७ बर्ष भएकी सुग्यानीलाई यति बेला विभिन्न चलचित्रबाट राम्रो अफर आइरहेको बताइएको छ ।
यसरी चलचित्रमा अहिले निकै चर्चाको रुपमा रहेका अनुभब र सुग्यानीलाई अगामी चलचित्रहरुमा पनि निकै मन पराउनेमा सबै विश्वस्त छन् । अब उनीहरु दुबै बालकलाकारलाई लिएर “नाई नभन्नु ल ३” चलचित्र पनि बन्न लागेको बताइएको छ । यसरी दर्शक माझ निकै लोकप्रियता कमाउदै गएका अनुभब र सुग्यानीलाई धेरैले बास्तविक प्रेमको जोडि भनेरपनि चिन्ने गरेका छन् ।

%d bloggers like this: