Sat. Apr 20th, 2024

मेरो भ्यालेन्टाइन आउदो जुलाईको १२ र १३ मा अस्ट्रेलियाको सिड्नीमा प्रदर्शन हुने भएको छ । सिड्नी स्थित सिभिक हलमा फिल्मको प्रथम प्रदर्शन गर्न लागिएको निर्माता शुशील श्रेष्ठले बताए ।

फिल्म हेर्नको लागि २० डलर टिकट मुल्य राखिएको छ । सफ्ट इमेज द्वारा निर्मित यस फिल्ममा कथा तथा निर्देशन सुरज सुब्बा ‘नाल्बो’ को रहेको छ । फिल्म भित्र माया र मित्रताको कथा देखाइएको निर्देशक नाल्बो बताउछन ।

यसमा निशा अधिकारि ,बाबु बोगटी,स्वतन्त्र प्रताप शाह, सुस्मिता ढकाल लगायतको अभिनय रहेको छ । फिल्म नेपालमा भने श्रावन १६ बाट प्रदर्शन हुदैछ ।

%d bloggers like this: