Fri. Apr 19th, 2024

हलिउडका कलाकार कुनै न कुनै कारणबाट बर्षभरी चर्चामा रहिरहन्छन् । चर्चामा आउन उनीहरुलाई खासै ठूलो कारण चाँहिदैन । एक हलिउड अभिनेत्री एन्जेलिना जोलीलाई पनि चर्चाका लागि त्यस्तो ठूलो कारण चाहिएको छैन यति बेला ।

उनी उनका टाटुका चर्चामा छिन् । यति मात्र होइन, उनीतिर अचेल जुनै कार्यक्रममा पनि टाटु विषयका प्रश्न तेर्सिने गरेका छन् । टाटु विषयका  जवाफ उनले हासेरै टार्ने गरेकी छन् ।
टाटु विषयका प्रश्नले हैरान भएकी जोलीलाई सोही प्रश्न घरमा पनि लगातार आउने गरेको छ ।

घरमा उनलाई बच्चाहरूले टाटुका विषयमा अनेक प्रश्न सोध्ने गरेका छन् । जोलीका मैडोक्स, पैक्स, नोक्स, जहारा, शिलोह र विवियम गरी ६ सन्तान छन् । यी सबैले जोलीलाई टाटुका बारेमा विभिन्न प्रश्न राख्ने गरेका छन् ।

‘जब म घर पुग्छु,’ जोलीले भनिन्, ‘टाटुका विषयमा बच्चाहरूको प्रश्न मतिर तेर्सिन थाल्छ ।’ त्यसरी सोधिएका प्रश्नका कतिपय जवाफ दिने गरेको र कतिपयको त जवाफ दिन नसक्ने उनले खुलाइन् । भनिन्, ‘जे होस् टाटु बारेका उनीहरूको प्रश्नले म खुसी छु ।’

%d bloggers like this: