Fri. Apr 26th, 2024

पछिल्लो केही समययता बलिउड अभिनेत्री प्रिती जिन्टाको दिन खराब चलेको अनुमान लगाउन सकिन्छ । किन भने अहिले उनी लगातार एकपछि अर्काे मुस्किलमा फस्दै गइरहेकी छन् ।

केही समयअगाडि आफूलाई जिस्क्याएको आरोपमा पूर्वप्रेमीका वडियाविरुद्ध मुद्दा दायर गरेकी प्रितीको उक्त केसले नयाँ मोड लिने भएको छ । अर्थात्, आफूले हालेको केस आफैंतिर फर्कने भएको छ । उनलाई वाडिया अस्पतालका एक स्टाफले महिलाका लागि बनेको कानुनको गलत फाइदा उठाएको आरोप लागाएका छन् ।

ती स्टाफले पुलिस थानामा पुगेर उनीविरुद्ध उजुरीसमेत दर्ता गरेकी छन् । उजुरीका समय स्टाफका साथ केही महिला पनि भएको बताइएको छ । सोमबार अस्पतालका १० जनाभन्दा बढी कर्मचारी प्रितीको विरुद्ध प्रहरीकहाँ पुगेका थिए । महिलाले पुलिस अधिकारीसँग भने, ‘प्रिती लामो समयदेखि पे्रमीका साथ रहँदै आएकी छन् । धेरै वर्ष सँगै बिताएकाले यास्तो आरोप लगाउन मिल्दैन ।’ यो महिला अधिकारको दुरुपयोग भएको समेत ती सहभागी महिलाले खुलाए ।

प्रितीले वाडियाविरुद्ध दायर गरेको मुद्दाको अहिले पुलिस अधिकारीले छानबिन सुरु गरेका छन् । यस विषयमा पुलिसले दुई व्यक्तिको बयानसमेत लिइसकेको छ ।

%d bloggers like this: