Sat. Apr 20th, 2024

स्वयम्भू काठमाडौं निवासी अलिसा श्रेष्ठले ‘चौथो एसएलसी प्रिन्सेस–२०१४’ को उपाधि हात पारेकी छन् । १५ वर्षीया श्रेष्ठले अन्य ९ प्रतियोगीलाई पछि पार्दै सो उपाधि जितेकी हुन् ।

उत्कृष्ट १० मा छानिएपछि लिखिततर्फ सबैभन्दा राम्रो जवाफ दिएकी श्रेष्ठलाई सोही जवाफले ताज जित्न सफल बनाएको हो । अलिसाले उपाधिको साथमा टिभिएस स्कुटर, ए लेभल अध्यायनको पूर्ण छात्रावृत्तिसहित विभिन्न उपहारस“गै आयोजकको रोजाइको अवार्ड पनि हँसिल गरिन् ।

वर्ष ०७० भित्र एलएससी परीक्षा दिएर बसेका विद्यार्थीहरूबीच सिजन मिडियाले प्रतियोगिता आयोजना गरेको थियो । सोमबार सा“झ काठमाडौंमा प्रतियोगितामा अनुष्का थापाले फस्ट रनरअप र निलुफा थापा सेकेन्ड रनर अप भए । कार्यक्रममा अस्मिता गौतम र अस्पु थापाले क्रमशः थर्ड रनर अप र फोर्थ रनर अपको उपाधिमा चित्त बुझाउनुप¥यो । अस्पुले थप एक ‘एसएमएस भोटर्स अवार्ड’ समेत जितिन् । अनुष्का, निलुफा, अस्मिता र अस्पु चारैजनाले प्लस २ अध्ययनका लागि राजधानीका विभिन्न कलेजबाट पूर्ण छात्रावृत्तिलगायत अन्य उपहार प्राप्त गरे ।

विभिन्न शीर्षकका उपाधिसमेत रहेको कार्यक्रममा कृपा गुरुङ ‘डिसिप्लेन अवार्ड’ किरण खत्री ‘एजुकेशन अवार्ड’, श्लेशा लामिछाने ‘फोटो जेनिक अवार्ड’ र जिन्टिना श्रेष्ठ ‘मिस पङचुअल अवार्ड’ बाट सम्मानित हुँदा ‘बेस्ट स्किन’ को उपाधि प्रतिज्ञा शर्मा, ‘बेष्ट फ्रेण्डसिप’ को उपाधि बेनाजियन राई, ‘बेष्ट हेयर’ को उपाधि अनुसा कायस्थ, ‘बेष्ट स्माइल’ को उपाधि कामना भट्टराईले प्राप्त गर्न सफल भए । रोजा केसी प्रतियोगिताको ‘मिस ट्यालेन्ट’ बनिन् । ‘मिस पर्सनालिटी’ को उपाधि शुलेक्षा महर्जन, ‘लण्डन फेशन हाउस बेस्ट ड्रेस’ को उपाधि डिम्पल शर्माले पाए । डिम्पलले ‘ब्युटिफुल आइज’ को उपाधि पनि जितिन् ।

यस्तै आरजु गुरुङले ‘मिस इन्नोसेन्ट’, सिवानी भण्डारीले ‘मल्टिमिडिया अवार्ड’, रमिला श्रेष्ठले ‘बेस्ट क्यटवाक अवार्ड’ र आस्था विष्टले ‘भिवर्स च्वाइस’ अवार्ड पाए । सोही प्रतियोगितामा यसपटकको एसएलसी नतिजामा ९० प्रतिशत मार्क ल्याउन सफल दिव्या नेपाललाई ‘डिस्टिङसन अवार्ड’ द्वारा सम्मानित गरियो ।
एलएससी परीक्षा दिएर बसेका छात्राहरूको व्यक्तित्व विकास, प्रतिभा प्रस्तुति, उनीहरूलाई ब्रिजकोर्ष सेवासहित विभिन्न उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सिजन मिडियाका अध्यक्ष प्रदीप वन्तले कार्यक्रममा खुलाए ।

रोजिन शाक्यले कोरियोग्राफी गरेको प्रतियोगिता निर्णायकमा अभिनेता एवं चलचित्र निर्देशक आकाश अधिकारी, मिस इन्टरनेशन नेपाल–२०१२ शुभेच्छा खड्का, सञ्चारकर्मी निर्मला आचार्य, शिक्षासेवी गली अग्रवाल, प्रेम गुरुङ र धर्मेन्द्र पिठाकोटे रहेका थिए ।

%d bloggers like this: