Thu. Apr 25th, 2024

आगामी भदौ १३ गतेबाट रिलिजको तयारीमा रहेको नेपाली फिल्म ‘यो कथा हो तिम्रो मेरो’ को अफिसियल प्रोमो सार्वजनिक भएको छ ।

प्रेम कथामा आधारित यो कथा हो तिम्रो मेरोमा नायक सुमन सिंह, नायिका रुपा राणा, रिश्ता बस्नेत र रवि कार्कीको मुख्य अभिनय रहेको छ ।

युवापुस्तामा हुने माया–प्रेमक बिभिन्न क्षणहरुलाई रोमाञ्चक ढङ्गले प्रस्तुत गरिएको ‘यो कथा हो तिम्रो मेरो’मा ओम प्रतिकले लेखन तथा निर्देशन रहेको छ ।

रमेश प्रजापतिको लगानी रहेको फिल्म यो कथा हो तिम्रो मेरो द फ्रेम क्रियशन प्रालिको व्यानरमा तयार भएको हो । फिल्मका कार्यकारी निर्माता भने राम बुढाथोकी हुन् । सुरेश बज्राचार्यले छायांकन गरेको यस फिल्ममा विकास चौधरीको संगीत रहेको छ ।

%d bloggers like this: