Thu. Apr 25th, 2024

कलाका विभिन्न विधाहरुलाई सम्मान गर्दै आएको सर्वनामले थ्री सिक्टी डिग्री माउण्टेन फिल्म संग सहकार्य गरी राष्ट्रब्यापी “दृश्यांश” नामक लधु सेलफोन फिल्म प्रतियोगीता आयोजना गर्दैछ । विशेषत युवा वर्ग जो सिर्जनात्मक भएर पनि प्रविधीको पहुचमा छैनन ति बर्गलाई लक्षीत गरिएको यो फिल्म प्रतियोगीता बढीमा ३ मिनेट लामो हुनुपर्नेछ ।
नेपाल भित्र र बाहिर सम्पूर्ण नेपालीहरुले तीन मिनेट सम्मको नेपाली भाषामा कुनै पनि मोबाइल फोनको प्रयोग गरी लघु सिनेमा बनाउनु पर्नेछ । मोबाइल फोन बाहेक अन्य क्यामेराले बनाइएका सिनेमाहरु रद्ध हुनेछ ।सहभागीहरुले कुनै पनि विषयमा सिनेमा बनाउन सक्नेछन् । छानिएका उत्कृष्ट १० फिल्महरुलाई पुरस्कार वितरण समारोहमा प्रदर्शन गरिनेछ ।
सहभागीहरुले आफ्ना फिल्मलाई डि.भी.डीमा राखी सर्वनाम थिएटर, कालिकास्थानमा बुझाउनु पर्नेछ । फिल्म बुझाउने अन्तिम मिति जूलाई ५ २०१४ रहेको छ । वरिष्ठ रङ्गकमी अशेष मल्ल , अविनाश विक्रम शाह, फिल्मकर्मी आशिफ शाह, फिल्मकर्मी फूलमान बल, लेखक र कला समीक्षक निर्णायक मण्डल रहनुभएको यस महोत्सवमा उत्कृष्ट तीन फिल्मलाई उपहार र पुरस्कारले सम्मानित गरिनेछ ।

%d bloggers like this: