Fri. Mar 29th, 2024

संगीत क्षेत्रमा क्रियाशील रहेको म्यूजिक खबर म्यूजिक अवार्डको तेश्रो संस्करण असार १ गते नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा सम्पन्न भएको छ । स्तरीय एवं मौलिक संगीतका धार नेपाली गीत संगीतको आधार भन्ने मूल नाराका साथ संगीतसम्बन्धी अनलाईन पत्रिका म्यूजिक खबर डटकमले आयोजना गरेको यस अवार्डलाई संगीत क्षेत्रमै फरक रुपमा लिइँदै आइएको छ ।
राष्ट्रिय भावको गीत, पप गीतसंगीत, लोकदोहोरी, चलचित्र, आधुनिक एवं गजलका विभिन्न २९ विधामा प्रदान गरीएको म्यूजिक खबर म्यूजिक अवार्डमा बाल प्रतिभा प्रोत्साहन सम्मानबाट बालगायक प्रेम परियारलाई सम्मान गरीयो भने म्यूजिक खबर संगीत पत्रकारिता पुरस्कारबाट संगीत पत्रकारितामा लामो समयदेखि निरन्तर कलम चलाउँदै आएका पत्रकार तुलसी गिरी भावुकलाई म्यूजिक खबर पत्रकारिता सम्मान प्रदान गरिएको छ ।
अवार्डमा सर्वोत्कृष्ठ राष्ट्रीय भाव गीतको अवार्ड रमेश अधिकारीले पाउन सफल भए भने सर्वोत्कृष्ठ पप गायन महिलाको अवार्ड सहिमा श्रेष्ठले पाएकी छिन् ।
तेसै गरि सर्वोत्कृष्ठ पप गायन पुरूश तर्फको अवार्ड सुरज श्रेष्ठ ,सर्वोत्कृष्ठ पप संगीतको अवार्ड राजु सिंह,सर्वोत्कृष्ठ लोक दोहोरी शब्दको अवार्ड गणेश चौलागाइ अनि लोक दोहोरी भाकाको अवार्ड पशुपती शर्माले जित्न सफल भए।
यस्तै म्यूज़िक खवर म्यूज़िक अवर्ड २०१४ मा सर्वोत्कृष्ठ लोक देहोरी गायक र गायिकाको अवार्ड भने विरही कार्की र टिका पुनले उचाल्न सफल भए।
लोक देहोरी नव प्रर्तिभा गायिकाको अवार्ड विजेता भने सरिता थापा रहिन तेस्तै सर्वोत्कृष्ठ लोक दोहोरी नव प्रतिभा गायकको अवार्ड रतन क्षेष्ठले उचाल्न सफल भए ।
सर्वोत्कृष्ठ लोक दोहोरी म्युजिक भिडीयो मोडेल महिलाको अवार्ड विजेता पार्वती राई हुन पुगिन भने सर्वोत्कृष्ठ लोक दोहोरी म्युजिक भिडीयो मोडल पुरूशको अवार्ड विमल अधिकारी पाए ।
तेस्तै सर्वोत्कृष्ठ लोक दोहोरी म्युजिक भिडीयो निर्देशकको अवार्ड विजेता प्रकाश भट्ट रहे भने सर्वोत्कृष्ठ लोक गीतको अवार्ड मुना थापा मगर ले पाएकी छिन् ।
म्यूज़िक खवर म्यूज़िक अवर्ड २०१४ मा सर्वोत्कृष्ठ चलचित्र गीत दयाराम पान्डे,संगीत वसन्त साप्कोटा ,गायक प्रलाद तिमल्सिन, गायिका मिलन अमात्य हुनुको साथै सर्वोत्कृष्ठ गजलको अवार्ड विजेता जानकी पन्त ,सर्वोत्कृष्ठ युगल गायनको अवार्ड विजेता सुमित खड्का र माण्डवी त्रिपाठीले ले जित्न सफल भए। ।
सर्वोत्कृष्ठ सुगम संगीत नवप्रतिभा गायिकाको अवार्ड विजेता रमा अर्याल रहिन भने सर्वोत्कृष्ठ सुगम संगीत नवप्रतिभा गायकको अवार्ड विजेता विजय परियार रहे ।
सर्वोत्कृष्ठ ध्वनी मिक्सिड़ को अवार्ड विजेता महेश्वरमान राजभण्डारी, संगीत संमयोजनको अवार्ड अमोल कार्की ढली,म्युजिक भिडीयो मोडल महिलाको अवार्ड करिश्मा मान्नधर र सर्वोत्कृष्ठ सुगम संगीत म्युजिक भिडीयो मोडल पुरूशको अवार्ड गजित विष्ट ले पाउन सफल भए।
सर्वोत्कृष्ठ सुगम संगीत म्युजिक भिडीयो निर्देशकको अवार्ड सुवरत आचार्य,पव्लिक चवाइसको अवार्ड विजेता सविन तूम्हाम्फे,सर्वोत्कृष्ठ सुगम संगीत गायन महिलाको अवार्ड अन्जना गुरूड़,साथै सर्वोत्कृष्ठ सुगम संगीत एल्बम को अवार्ड विजेता भने गीतकार गोविन्दप्रसाद उपाध्यायको एल्बम ‘सत्यता हुना पुग्यो ।
त्यस्तै अवार्डमा शंकर बिसीसमूह, गजित विष्ट समूह, विजय थापा समूह लगायतका ले नृत्य प्रस्तुत गरेका थिए भने कोमल वली,शिव परियार एवं भोजराज काफ्ले लगायतको गीतले म्यूजिक खबर म्यूजिक अवार्डलाई थप रोचक बनाएको थियो ।
अवार्डलाई अरनिको टेलिभिजन, एस टेलिभिजन, रेडियो सिटी ९८.८ मेगाहर्जबाट प्रत्यक्ष प्रसारण गरिएको थियो भने फिल्मीखबर साप्ताहिक र म्यूजिकखबर डटकमले यस अवार्डको सम्पूर्ण गतिविधिहरुलाई प्रकाशन गर् नेभएको छ ।
त्यस्तै म्यूज़िक खवर म्यूज़िक अवर्ड २०१४लाई न्यू वल्र्ड सर्टिङ सुटिङ बागबजार र बोटल्स लन्ज एण्ड बैंकटले सहकार्य गरेका थिए।
10389466_814828425195695_2482663690683951153_n

%d bloggers like this: