Thu. Apr 25th, 2024

बलिउड स्टार सलमान खानका लाखौं फ्यान छन् । यो सबैलाई थाहा भएकै कुरा हो । तर एक फ्यानको यतिधेरै सम्मान गर्न सलमान तयार भए की, उनका कारण सलमानले आफ्नो शुटिङसमेत स्थगित गरे ।

खासमा सलमान साजिद नाडियावालाको आगामी फिल्म किकको एक गीतको छायांकन सेटमा पुगेका थिए । जहाँ सलमानकी एक फ्यान पुगिन् ।
सलमानकी यस्ती फ्यान अरु कोहि होईनन् बरु एउटी टिभी सिरियल ‘जोधा अकबर’ की रुकैया बेगम हुन् ।

रुकैया बेगमको भूमिका निभाई रहेकी टिभी अभिनेत्री लविना टण्डन सलमानकी निकै ठूलो फ्यान हुन् ।
लविनाले सलमानसंग भेट्ने सपना बाल्यकाल देखिनै साँचेकी थिईन् । तर यस्तो हर्कत तबभ यो जब उनलाई थाहा भयो की जोधा अकबरको स्टुडियोमा सलमान सुटिङका लागि आएका छन् ।

लबिनाले उक्त सुटिङ सेटमा कसैलाई पनि नसोधी गईन्, सलमानलाई भेटिन् फोटो खिचाईन् । तर शुटिङको काम भने धेरै समयका लागि अबरुद्ध भयो ।

%d bloggers like this: