Fri. Apr 26th, 2024

बलिउडका खेलाडी अक्षय कुमार र दबंग गर्ल सोनाक्षी सिन्हाको जोडी रहेको चलचित्र ‘होली डे’ ले निकै राम्रो कलेक्सन गर्न सफल भएको छ । होली डेले सलमानको जय हो र टु स्टेटस्को समेत रेकर्ड तोड्न सफल भएको छ ।

दक्षिण भारतीय फिल्मका ख्यातीप्राप्त निर्देशक एआर मुर्गदौसको निर्देशनमा बनेको चलचित्र होली डे ६ जुनमा प्रदर्शनमा आएको हो ।
यो चलचित्रले रिलिजको दोस्रो शुक्रबार पाँच करोड रुपयाँ कमाई गरेर जय हो र टु स्टेट्सको रेकर्ड तोड्न सफल भएको भारतीय समाचारमाध्यमहरुले जनाएका छन् । यो फिल्मले एक हप्ताको अबधिमा भने ७५ करोड भन्दा बढि भारतीय रुपयाँ कमाई सकेको छ ।

बक्स अफिसमा राखिएको उपलब्धी हिसाबकिताबमा सलमानको जय हो चलचित्रले दोस्रो शुक्रबार ३.३० करोड, अर्जुन कपूर–आलिया भट्टको टु स्टेट्सले ३.५० करोड कमाई गरेको थियो ।

ती दुबै चलचित्रले आफ्नो जम्मा कमाई १ सय करोडबाट बढिनै गरेको आँकडा छ ।
होलीडे ले पनि १०० करोडभन्दा बढि कमाउने अनुमान गरिएको छ ।

%d bloggers like this: