Fri. Mar 29th, 2024

टेलिभिजनको कमेडी शोबाट चर्चा कमाएका कपिल शर्मा छिट्टै ठूलो पर्दामा आउने भएका छन्। कमेडी विथ कपिलबाट कमेडी सोमा चर्चित उनी निर्देशक बम्पिजको फिल्ममा लिड रोलमा देखिने भएका हुन् ।

फिल्म क्राइम कमेडीमा आधारित हुनेछ।

कपिल फिल्मको स्क्रिप्टबाट सन्तुष्ट भने भइसकेका छैनन्। उनले त्यसलाई सुधार्न आफै कस्सिएका छन्।

‘कपिलले काम गर्ने भनेपछि स्क्रिप्ट बनाएको हो । पूरै पढेपछि उनले आफ्नो ब्रान्डमा के हुन्छ भन्ने तर्क अघि सारेका छन्,’ स्रोतले भन्यो। उनले स्क्रिप्ट सुधार्न भनेका छन् र त्यसको काम सुरु भएको छ।

टेलिभिजनको पर्दा सफल भएका कपिल ठूलो पर्दामा फस्ने पक्षमा भने छैनन्। त्यसैले उनी आफ्नो इमेज कायम राख्दै सिनेमामा देखिने नागरिक न्युजले खबर लेखेको छ ।

%d bloggers like this: