Thu. Apr 25th, 2024

नायिका निशा अधिकारी र क्रिकेटर सरद भेषवाकरबीचको प्रेमबारे चर्चा चल्न थालेको छ ।

सार्वजनिक समारोहमा समेत यी जोडीसँगै देखिन थालेपछि उनीहरुबिच प्रेमसम्बन्ध रहेको चर्चा चल्न थालेको हो ।

यी दुई धु्रबका पात्रहरु एउटै ठाउँमा देखिन थालेपछि उनीहरुको सम्बन्धबारे बिभिन्न सञ्चारमाध्यममा समाचार आउन थालेका छन् ।

हालै विश्वकप क्रिकेटको छनौट खेलमा शरदले राम्रो प्रदर्शन गरेपछि निशाले शरदलाई फेसबुकमार्फत बधाई र शुभकामना दिनु दिएकी थिईन् ।

क्रिकेट खेलेर नेपाल फर्किएपछि शरद पनि निशासंग बिभिन्न कार्यक्रममा संगै देखा परेपछि यी दुईबिचको सम्बन्धले धेरै चर्चा पाउन थालेको मानिन्छ ।

उनीहरु बिहिबार साँझ मुखौटा चलचित्रको प्रिमियर शो मा पनि संगै देखिएका थिए ।

%d bloggers like this: