Fri. Apr 19th, 2024

हलिउड फिल्म इन्डष्ट्रिजकी सेक्सी नायिका श्रुती हसन धेरै पटक आफ्नो रुप, रंग र जवानीका कारण चर्चामा आईन् । फेरी पनि आफ्नो सेक्सी जवानकै कारण उनी चर्चामा आएकी छन् । तर यो उनको कुनै रहर नभई बाध्यता हो ।

श्रोतहरुका अनुसार श्रुती हसनले आकर्षक भएकै कारण एक फ्यानबाट तनाव खेप्नु परेको छ । चलचित्र ‘यारा’को छायांकनका लागि देहरादुनमा भएका बेला उनलाई त्यहाँ आकर्षक भएकै कारण त्यस्तो समस्या आएको हो ।

एक फ्यानले मध्यरातमा श्रुतीको ढोका ढकढकाएका छन् । मदिरा सेवन गरेका ती फ्यानले श्रुतीलाई ढोका खोल्न भन्दै बारम्बार दिक्क बनाएका थिए । उनले आफूलाई श्रुती आकर्षक लाग्ने भन्दै मध्यरातमा ढोका खोल्न बारम्बार आग्रह गरेको बयान दिएका छन् ।

ती युवक श्रुतीले प्रहरी गुहारेपछि फ्यान पक्राउ परेका छन् । केही समयअघि पनि श्रुतीलाई भेट्ने भन्दै एक यूवक उनको फ्ल्याटमा नै प्रवेश गरेका थिए ।

%d bloggers like this: