Fri. Apr 19th, 2024

नेपाली फिल्म उद्योगकी सदाबहादर नायिका करिश्मा मानन्धर आमा बन्ने भएकी छन् । तर उनी बास्तविक जीवनमा नभई एक चलचित्रको नायिकाका रुपमा । पोखरामा छायांकन सुरु भएको चलचित्र ‘हिरोज’ करिश्मालाई गर्भवती महिलाको रुपमा अभिनय गराईएको छ ।

जीवनमा पहिलो पटक गर्भवती महिलाको रोलमा सदाबहार नायिका करिश्माले अभिनय गर्न लागेकी हुन् । नारी प्रधान भनिएको उक्त चलचित्र एनबी महर्जनको निर्देशनमा बन्दैछ । यस चलचित्रलाई नारी अन्यायविरुद्धको संर्घको अभियानकै रुपमा लिईएको निर्माण पक्षले जनाएको छ ।

निर्मार्णाधिन चलचित्र हिरोजमा करिश्माका साथै मुकेश ढकाल, जयकिशन बस्नेत लगायतले पनि अभिनय गर्नेछन् । टंक बुढाथोकी र किशोर चौधरीको संगीत रहेको चलचित्र लक्ष्मी लामा र शेखर लामाले निर्माण गर्न लागेका हुन् । नेपाली चलचित्र क्षेत्रमा सदाबहार नायिकाको रुपमा चिनिने करिश्माको यो चलचित्रलाई महत्वाकांक्षी प्रोजेक्टका रुपमा लिईएको छ ।

%d bloggers like this: