Tue. Apr 23rd, 2024

गायक रामकृष्ण ढकालको घर लिलामीमा परेको छ । ऋण तिर्न आनाकानी गरेको भन्दै लिलामीको सुचना निकालिएको छ । ढकालको भैंसेपाटीस्थित घर लिलामीको लागि एक दैनिक पत्रिकामा सूचना प्रकाशित भएको थियो ।

श्री लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्थाले उक्त सुचना प्रकाशित गरेको हो । उक्त सहकारीबाट लिएको ऋण सावाँ, ब्याज र अतिरिक्त व्याजको रकम धेरै पटक जानाकारी गराउदा समेत नबुझाएपछि धितोमा रहेको घर लिलामीको सुचना सार्वजनिक भएको हो । ढकालकी श्रीमती निलम शाह ढकालले उक्त सहकारीबाट ऋण लिएकी थिइन ।

ढकाल आफैले श्रीमतीको नाममा निकालिएको ऋणको जमानत दिएका थिए । करिब दुई करोड रकम ऋण ढकालले लिएका थिए । सहकारीले ऋणको धितो रहेको ललितपुर जिल्लास्थित सैवु गाविस ८ मा अवस्थित कित्ता नं ३९२,३९३ को ८७ र ४४,२००र७१ वर्गमिटर क्षेत्रफल भएको जग्गासहित उक्त जग्गामा भएको घर लिलामीका लागि १५ दिने म्याद तोकेको छ ।

ढकाल ऋण लिएको केहि समय सम्पर्कमा भएपनि हाल सम्पर्कमा नभएको आरोप सहकारीले लगाएको छ । लालिगुँरासलाई तिर्नुपर्ने रकम करिब २ करोड छ तर उनको घरको मूल्य दुई करोड मात्र छ ।

ढकालले एक करोडभन्दा बढी सहकारीलाई नतिर्ने बताउदै आएका छन् । सहकारीले यसअघि वैशाखमा पनि लिलामीको सुचना निकालेको थियो ।

%d bloggers like this: