Sat. Apr 20th, 2024

अनामनगरको मण्डला थिएटरमा उम्बुगल्याण्डको मुठभेड नाटक चलिरहेको छ । एक्टर्स फ्रम एक्टर्स स्टुडियो र मण्डला थिएटरको संयुक्त प्रस्तुतिमा यो नाटक मञ्चन भइरहेको छ ।

आशान्त शर्माले निर्देशन गरेको नाटकले राजनीतिक खिचातानी र सत्ता मोहलाई लक्षित गरेको छ । नाटकमा युवा पुस्ताका रंगकर्मीको बाहुल्यता रहेको छ । बुधबारसम्म नाटक २६ पटक मञ्चन भइसकेको छ । जेठ ३१ गतेसम्म चल्ने उम्बुगल्याण्ड भारतीय प्रसिद्ध नाटककार बिजय तेन्दुल्करले लेखेका हुन् ।

नाटकमा मनिष निरौला, सिर्जना सुव्वा, प्रमोद अग्रहरी, अनुज पाण्डे, सुरजमल्ल ठकुरी, सुरेश सापकोटा, सम्भव श्रेष्ठ, कमल देवकोटा, सुरज यादव, शर्मिला शाह, सारद अधिकारी र लक्ष्मी बर्देवाले भूमिका निर्वाह गरका छन् ।

%d bloggers like this: