Fri. Sep 30th, 2022

नेपाली फिल्मी क्षेत्रका महानायक राजेश हमालले आफ्नो पचासौँ जन्मदिन अष्ट्रेलियामा मनाएका छन् ।

हमालको ५० औं जन्मदिनको अवसरमा अष्ट्रेलियाको सिड्नीमा भव्य कार्यक्रमको आयोजना गरिएको थियो । महानायक हमाललाई हजारौ नेपालीका साथमा गायक राजेश पायल राई र गायिका अन्जु पन्तले साथ दिएका थिए ।

हमालको जन्मदिनलाई भव्य बनाउन नेपालीटच इभेन्टले कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा गायक राजेश पायल राइ र गायिका अन्जु पन्तले १० र १० वटा गीत गाएर हमालको जन्मदिनको सेलिब्रेसन गरेका थिए भने हमालले गीतमा डान्स गरेका थिए।