Fri. Mar 29th, 2024

ग्याङनाम स्टाईल गीतबाट विश्व प्रसिद्ध बनेका दक्षिण कोरियाली चर्चित गायक साइको नयाँ गीत सार्वजनिक भएको छ ।
साइको म्युजिकल व्याण्ड पिएसवाईको प्रस्तुती रहेको ह्याङओभर बोलको गीत आइतबार सार्वजनिक गरिएको छ । युटुबमार्फत सार्वजनिक भएलगतै यो गीत हेर्ने दर्शकको संख्या ३५ लाखभन्दा बढि भैसकेको छ ।
ह्याङओभर नामको गीतमा साइ र स्नोप डगको आवाज रहेको भिडियोलाई दर्शकहरुले सार्वजनिक भएलगतै मन पराइसकेका छन् । साइको ग्याङनम स्टाइल बोलको गीत अहिलेसम्म युटुबमा सबैभन्दा बढि हेरिएको गीत बनेको छ ।
ग्याङनाम स्टाईलपछि साइले जेन्टलमेन गीत बजारमा ल्याएका थिए । उक्त गीत पनि युटुबमा धेरैपटक हेरिएको छ ।

%d bloggers like this: