Fri. Apr 26th, 2024

बलिउड स्टार सलमान खान अभिनित ‘किक’ फिल्मको फस्टलुक सार्वजनिक भएको छ । फिल्मको फष्टलुक सार्वजनिक गरिए पनि पोष्टरमा कुनै पनि कलाकारको तस्वीर समावेश गरिएको छैन ।

फिल्मको फष्टलुकमा कुनै पनि कलाकारलाई नदेखाईएपछि फ्यानहरु भने आश्चर्यमा परेका छन् ।

फिल्मको फष्टलुकमा एउटा मास्कलाई मात्र देखाईएको छ ।
फिल्ममा सलमान शैतान नाममा प्रस्तुत हुने निर्माण पक्षको भनाई छ ।

फिल्ममा सलमानका साथै ज्याकलिन फर्नान्डेज, रणदीप हुड्डा लगायतका कलाकारले पन अभिनय गरेका छन् । इदको अवसर पारेर प्रदर्शनमा आउने बताईएको फिल्म साजिद नाडियडवालाको प्रस्तुती हो ।

%d bloggers like this: