Fri. Apr 26th, 2024

आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मुखौटा’को यूनिटले फिल्म प्रचारको क्रम सम्पन्न गरेको छ ।

विभिन्न शहरमा पुगेर एक सातासम्म फिल्मको प्रचार गरेको टिम प्रचार सकेर काठमाडौं फर्किएको हो ।

मुखौटाको प्रचारमा नायिका निशा अधिकारी, कलाकार सुनिल थापालगायत सहभागी भएका थिए ।

फिल्मको टिम प्रचारका लागि हेटौडा, धरान, नारायणगढ, बुटवल र पोखरालगायतका शहरमा पुगेको थियो । प्रचारका क्रममा बिभिन्न शहरमा पत्रकार सम्मेलन गरी चलचित्रको बारेमा जानकारी गराइएको निर्माण पक्षले जनाएको छ ।

यसका साथै चलचित्रको यूनिटले दर्शकलाई फुटबल र जर्सी वितरण गरेको थियो ।

%d bloggers like this: