Tue. Apr 23rd, 2024

श्रद्धा कपूर र आदित्य राय कपूरले यो मान्न तयार छैनन् की उनीहरुबिच प्रेम सम्बन्ध छ । तर गसिप त बजारमा चलिरहेकै छ, आशिकी–२ का दुबै कलाकार स्टार जोडी हुन् ।

बिहिबार राती यस्तो भयो कि बजारमा यी स्टारलाई जुन अनुमानका साथ हेरिने गरिएको थियो सायद त्यो सहि थियो । अर्थात यो जोडी सायद प्रेममा छ । बिहिबार राती आदित्य श्रद्धालाई भेट्न उनको अपार्टमेन्टमा पुगेको खबरले अहिले बलिउड तातिएको छ ।

भारतीय मिडियाहरुका अनुसार आदित्य राय कपूर क्याजुअल ड्रेसमा थिए । राती १० बजेको आसपासमा उनी आफ्नो बिएमडब्ल्यु कारमा श्रद्धाको अपार्टमेन्टको तल पुगेका थिए । तर आदित्य त्यहाँ पुग्नासाथ उनलाई थाहा भयो कि त्यहाँ पत्रकारहरु उपस्थित थिए ।

त्यसैले उनले केहिबेर त्यहीँ प्रतिक्षा गरे र त्यसपछि अपार्टमेन्ट भित्र छिरे । आदित्यको कार भोलिपल्टसम्म त्यहिँ थियो ।
आदित्य र श्रद्धाको पहिलो बार्तालाप आशिकी–२ को छायांकनकै क्रममा भएको थियो । त्यसपछि यो जोडी नजिकिएको खबर सार्वजनिक भएका थिए ।

%d bloggers like this: