Wed. Apr 24th, 2024

अभिनेता रितेश देशमुख र जेनेलिया डिसुजाको घरमा नयाँ सन्तान भित्रिने भएको छ । रितेले आफ्नो फिल्म ‘हमशकल्स’ र ‘एक भिलेन’ को चर्चा गर्ने क्रममा आफ्नो निजि जिन्दगीको यस कुराको खुलासा गरेका हुन् ।

भारतबाट प्रकाशित हुने एक अंग्रेजी अखबार ‘बम्बे टाइम्स’ लाई दिइएको अन्तर्वातामा रितेश देशमुखले उनी छिट्टै बुवा बन्ने कुराको खुलासा गरेका थिए । रितेशले आँफु आफ्नो सन्तानलाई हातमा लिन आतुर रहेको बताए ।

मेरो पहिलो सन्तानले ल्याउने खुसी महसुुस गर्न मलाई निकै हतार भइसकेको छ, ’ उनले भने। ‘जेनेलिया स्वस्थ छिन् र आफ्नो बच्चा आउने प्रतिक्षामा छिन् ।’ नौँ वर्षको सम्बन्ध पछि सन् २०१२ को १३ फेब्रुअरीमा विवाह बन्धनमा बाँधिएका रितेश र जेनेलियाको विवाह मराठी र इसाई दुबै तरिकाले भएको थियो ।

%d bloggers like this: