Fri. Mar 29th, 2024

रंगकर्मको क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै  ‘लाइन्स क्लब अफ काठमाण्डौ पर्लसिटी’ले नेपाली चलचित्र क्षेत्रका बिभिन्न कलाकारहरुलाई सम्मान गरेको छ ।
क्लबले वल्र्ड ब्लड डोनेशन डे को अवसर पारेर कलाकारहरुलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा नायिका गरिमा पन्त, नायक जीवन लुइटेल, गायक तथा नायक बाबु बोगटी, निर्देशक श्याम भट्टराई, गीतकार तथा संचारकर्मी दयाराम पाण्डे, हाँस्य कलाकार विष्णु सापकोटा, निर्मात्री मालती शाह लगायतका छन् ।

यसैगरी निर्माता विक्रम शाह र समासेवी डीवी लामा लगायतलाई सम्मान गरिएको छ ।
सम्मानित नायक जीवन लुइटेलले सम्मानित हुन पाउँदा खुशी लागेको बताउँदै ‘नाई नभन्नु ल’को संवाद सुनाएका थिए । यस्तै नायिका गरिमा पन्तले सम्मानित भएकोमा आफूलाई अझै कामप्रति जिम्मेवारी थपिएको बताएकी थिईन् ।

नायक बाबु बोगटीले सम्मान ग्रहण गरेपछि गीत गाएर सुनाएका थिए। यस्तै कलाकार बिष्णु सापकोटाले कमेडी मार्फत दर्शकलाई हसाँएका थिए । कार्यक्रममा विभिन्न सांकृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

%d bloggers like this: