Fri. Mar 29th, 2024

बलिउड फिल्म क्षेत्रमा धेरै जसो नायक नायिकाले दाम्पत्य जीवनलाई सँधैभरी राम्रो अवस्थामा राख्न नसकेका खबरहरु सार्वजनिक भईरहेका हुन्छन् । बलिउड नायक नायिकाहरु आफ्नो श्रीमान–श्रीमती छोड्ने र अर्काको श्रीमान खोस्ने परिपाटी व्याप्त छ । यस्तै परिपाटीलाई अंगालेकी छिन् बलिउडकी नायिका करिश्मा कपुरले ।

एजेन्सीहरुका अनुसार करिश्मा कपुरले एकतर्फ सञ्जय कपुरसँग सम्बन्धबिच्छेद गर्ने सोच बनाइसकेकी छिन् भने अर्कोतर्फ उनले एक व्यापारीलाई जीवन साथीको रुपमा छानिसकेकी छिन् । उनले भारतीय व्यापारी संदीप तोष्नीवालसंग छिट्टै लगनगाँठो कस्ने सुरमा छिन् ।

संदीप एक फार्मास्युटिकल कम्पनीका सीइओ हुन । संदीप आफै पनि सम्बन्धबिच्छेद गरिसकेका व्यक्ति हुन् र करिश्मालाई निकै पहिलेदेखि चिन्दछन् ।
करिश्मा र संदीपको सम्बन्धको बारेमा निकै पहिलेदेखि चर्चामा थियो तर उनीहरुको विवाहको कुरा भने भर्खरै मात्र सार्वजनिक भएको छ ।

थुप्रै प्रतिष्ठित पत्रिकाले पनि संदीप र करिश्माको विवाह कुरा छापेका थिए तर यो खबरमा अहिलेसम्म न त संदीपले केहि भनेका छन् न त करिश्माले नै यसको खण्डन गरेकी छिन् ।

%d bloggers like this: