Fri. Apr 19th, 2024

नायक दिलिप रायमाझीको मुख्य भूमिका रहेको फिल्म ‘गोरे’को शुक्रबार शुभसाइत गरिएको छ ।

काठमाडौंको भद्रकाली मन्दिरमा चलचित्रका कलाकार र प्राविधिकहरुले क्यामेराको पुजा गरी गोरेको शुभसाईत गरेका हुन् ।

फिल्ममा नायिका अनु शाह र नायक रायमाझीको मुख्य भूमिका छ ।

शुक्रबारबाटै फिल्मको छायांकनसमेत सुरु गरिएको छ । विकास चौधरीको संगीत, शंकर अधिकारी घायलको कथा, हरी नारायण चौधरीको छायांकन रहेको फिल्म गोरेको सुर्य जिसीले निर्माण र रमेश कुमार राइको निर्देशन रहने निर्माण पक्षले जनाएको छ ।

नेपाली फिल्मको पर्दामा पछिल्लो समय खासै नदेखिएका नायक रायमाझीको पछिल्लो चलचित्र मिस यु खासै सफल हुन सकेका थिएन ।

%d bloggers like this: