Wed. May 1st, 2024

बलिउड फिल्मका चल्तीका निर्माता करण जौहरको आउँदै गरेको फिल्म ‘हम्पटी शर्माकी दुल्हनिया’ रिलिज हुनुभन्दा पहिलेनै सुपर हिट भएको छ ।

‘हम्पटी शर्माकी दुल्हनिया’ फिल्मको ट्रेलर २५ मे मा युटुब च्यानलमा रिलिज भएको थियो ।

उक्त फिल्मको ट्रेलर हालसम्म ३० लाखभन्दा बढिले युटुबमा हेरिसकेका छन् ।
युटुबमा देखिएको उक्त फिल्मको लोकप्रियताले करण यतिबेला निकै खुसी छन् ।

फिल्मको ट्रेलर युटुबमा हिट भएपछि निर्माता करणले ट्वीटर मार्फत एक सन्देश लेख्दै आँफु निकै खुसी भएको बताएका छन् । यसका साथै उनले ट्वीटरका दर्शकहरुलाई धन्यवादसमेत दिएका छन् ।

शशांक खन्नाले निर्देशन गरेको ‘हम्पटी शर्माकी दुल्हनिया’ फिल्ममा आलिया भट्ट र बरुण धवनको मुख्य अभिनय रहेको छ ।

%d bloggers like this: