Fri. Apr 19th, 2024

बलिउडका महानायक अमिताभ बच्चनले आफ्नो आउन लागेको फिल्म शमिताभमा एक पटक फेरी आफ्नो आवाजको जादुले मन्त्रमुग्ध पार्ने भएका छन् ।

बालिउडका चर्चित निर्देशक आर बाल्की अमिताभलाई लिएर एक फिल्म बनाउँदैछन् । जसको नाम शमिताभ राखिएको छ र त्यसमा अमिताभले गीत गाउन लागेका हुन् । आर बाल्कीले यस अघि अमिताभलाई लिएर पा र चीनि कम जस्ता हिट चलचित्र बनाईसकेका छन् ।

चीनि कम र पा मा पनि अमिताभले प्लेब्याक गरेका थिए । अमिताभले अब शमिताभका लागि पनि गाउन लागेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । असिमताभ बच्चनले ट्वीटरमा लेखेका छन्, ‘बाल्की र शमिताभ मिलेका छन् । एक अर्को गीतका लागि उनीहरुले सम्बन्ध गाँसेका छन् ।’ अमिताभको यो ट्वीटले उनले शमिताभ फिल्ममा गाउँदैछन् भन्ने अर्थ राखेको बुझिन्छ ।

शमिताभ फिल्ममा अमिताभका साथै धनुष र कमल हसनकी पुत्री अक्षरा हसनले पनि अभिनय गर्नेछन् । अक्षरा हसनका लागि यो डेब्यु फिल्म हो ।

%d bloggers like this: