Thu. Apr 25th, 2024

नेपाल टेलिभिजनको चर्चित हाँस्य श्रृंखला ‘तितो सत्य’का निर्देशक दीपकराज गिरी उक्त श्रृंखलाबाट बाहिरिएका छन् ।

पछिल्लो समय आँफै चलचित्र निर्माणमा जुटेका दिपकले तितो सत्यसंगको सम्बन्ध तोडेका हुन् । यसैबर्ष प्रदर्शनमा आएको चलचित्र ‘छ एकान छ’ ले राम्रो व्यापार गरेपछि दिपक अरु चलचित्र निर्माणको मनस्थितीमा रहेको जानकारहरु बताउँछन् ।

छ एकान छ को राम्रो सफलता पछि दिपक चलचित्र ‘वडा नम्बर छ’ को काममा नै व्यस्त रहेका छन् । उनले अब कुनै पनि पर्दामा नदेखिएर एकै पटक चलचित्रको पर्दामा देखिने तयारी गरेका छन् ।

तितो सत्य दिपकले छोडेपछि यस अघि संगै काम गरेर बिचमा छुट्टिएका रवी डंगोल र उनको ग्रुप आउने सम्भावना रहेको छ ।

%d bloggers like this: