Mon. Aug 8th, 2022

हलिउडकी चर्चित नायिका तथा गायिका एवम् युनिसेफकी सद्भावना दूत सेलेना गोमेज केही समय अघि सुटुक्क नेपाल आएर फर्किएकी थिईन् ।

नेपाल बसाईका क्रममा उनले परिश्चम नेपालको दाङ, बर्दिया लगायतका जिल्लामा रहेका थारु बस्तीमा मे २० देखि २४ सम्म विताईन् । उनले नेपाल बसाईका क्रममा के के गरिन् भन्ने उत्सुकता धेरैलाई थियो तै पनि यसबारे यसअघि खासै केहि खबर सार्वजनिक गरिएको थिएन ।

तर हालै राष्ट्रसंघीय नियोग युनिसेफले उनी नेपाल बस्दा गरेका क्रियाकलाप समेटिएको भिडियो सार्वजनिक गरेको छ । उक्त भिडियोमा नेपाली बालबच्चाहरुसंग मादलको तालमा नाचेको, जिस्किएको, पढाएको तथा अन्य विभिन्न क्रियाकलापमा सम्लग्न भएको देखाइएको छ ।