Fri. Apr 19th, 2024

बलिउडकी डिम्पल गर्ल दिपिका पादुकोणले आफ्नो आउँदै गरेको फिल्म ‘बाजीराव मस्तानीका’ लागि आठ करोड भारतीय रुपयाँ ज्याला लिएकी छन् । संजय लीला भन्साली १५ बर्ष अघि नै बाजीराल मस्तानी बनाउन चाहन्थे ।

यो फिल्म आफ्ना साथी बाजीराव र उनकी प्रियसी मस्तानीमा आधारित छ । यो फिल्मका लागि संजय लीला भन्सालीले त्यतीबेला सलमान खान र ऐश्वर्या रायलाई चयन पनि गरिसकेका थिए । तर पछि फिल्म बन्न सकेन ।

भन्साली अहिले त्यही फिल्मका लागि रणवीर सिंह र दिपिका पादुकोणलाई लिएर बाजीराव मस्तानी बनाउँने तयारीमा छन् ।
निर्माण पक्षका अनुसार दिपिकाले फिल्ममा मस्तानीको भूमिका निर्वाह गर्नेछिन् । जसको मुल्य आठ करोड रुपयाँ हो । यो रकम बलिउडमा कुनै पनि अभिनेत्रीले लिएको अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

दिपिका पादुकोणले गत बर्ष चार चलचित्र खेलिन ती बर्षका सबैभन्दा बढि चलेका फिल्मका रुपमा अगाडी आए । ‘रेस–२’, ‘ए जवानी है दिवानी’, ‘चेन्नाई एक्सप्रेस’ र ‘रामलीला’ गत बर्ष सर्वाधिक कमाउन सफल चलचित्र हुन् । यसैका कारण पनि दिपिकाको भाउ यसरी ह्वात्तै बढेको हुन सक्ने अनुमान गरिएको छ ।

%d bloggers like this: