Tue. Apr 23rd, 2024

गत जेठ २ बाट प्रदर्शनमा आएको फिल्म ‘आवरण’ को शिर्ष गित गाएर चर्चामा आएकी प्रियंकाले श्रावन २ बाट प्रदर्शनमा आउने ‘पुन्टे परेड’ को आइटम गीतमा कोरियोग्राफी गरेकी छिन ।
‘मेरो बेस्ट फ्रेण्ड’ मार्फत सिने नगरीमा पाईला टेकेकी प्रियंकाले उक्त फिल्ममा पनि आफैले कोरियोग्राफी गरेकी थिईन । यसका साथै मिसन पैसा २ को पनि २ गीतमा प्रियंकाको कोरियोग्राफी देख्न सकिन्छ । एक गीतमा उनि आफै नाचेकी छिन भने अर्को गितमा निशा अधिकारीलाई नचाएकी छिन । ‘पुन्टे परेड’ मा कुल ३ गित समावेश छन् । जस मध्ये ‘कक्टेल जवानी’ बोलको आइटम गीतमा प्रियंकाको कोरियोग्राफी देखन सकिन्छ । यसमा उनि आफै नाच्नुको साथै संयम , निलु डोमा शेर्पा , रबिन्द्र खड्का लगायतलाई नृत्य गराएकी छिन ।
‘सानै देखि गायन र नृत्यमा शोख थियो , त्यसै अनुसार सिखे पनि तर व्यस्तताको कारण निरन्तरता दिन सकिन , अब बिस्तारै आफ्नो बाहिर आउदैछ’ प्रियंकाले आफुलाई अभिनय संग संगै नृत्य र गायन पनि मन पर्ने बताइन । कमेडी जनर को ‘पुन्टे परेड’ मा उनि बिशेष भूमिकामा देखा परेकी छिन । प्रियंकाले गाएको गित झैँ यसको कोरियोग्राफी पनि चर्चित हुने बिश्वास निर्देशक सुबास कोइरालाको रहेको छ । ‘प्रियंकामा गाउने खुबी थियो र गाउन लगाए , उसले कोरियोग्राफी पनि राम्रो गर्ने भएकोले गर्न लगाएको हु जुन कुरा गित रिलिज भएपछी सबैले थाहा पाउनु हुनेछ’ निर्देशक कोइरालाले प्रियंकाको ट्यालेन्ट बाहिर ल्याएको बताए ।
यसमा हरि महत संगै सुरज कोइराला र अनिल अधिकारीको पनि लगानी रहेको छ । यसमा संयम पुरी , एन्जिला दाहाल , निलु डोमा शेर्पा , रबिन्द्र खड्का , गीता अधिकारि लगायतको मुख्य भूमिका रहेको छ भने कथा निलु डोमा शेर्पाको रहेको छ भने पटकथा तथा सम्वाद शान बस्न्यातको रहेको छ ।

%d bloggers like this: