Thu. Mar 28th, 2024

बलिउड अभिनेता शाहिद कपूरले अभिनेत्री सोनाक्षी सिन्हाको जन्मदिन बिषेश रुपले मनाए ।

तर उनीहरु दुबै जना आफ्नो नजिकिँदो सम्बन्धका बारेमा चलेका हल्लालाई भने हावादारी गफ भन्न पछि पर्दैनन् । तैपनि साँचो अर्थमा उनीहरु दुबैजना निकै नजिकका साथी भने हुन् ।

भारतीय मिडियाहरुका अनुसार सोनाक्षीका बर्थडेमा शाहिद सोनाक्षीलाई ह्याप्पी बर्थ डे भन्न गएनन् । बरु बर्थ पार्टीबाट सबैलाई बिदाई गरेपछि सोनाक्षी र शाहिद लामो सफरमा निस्किए ।

मिडियाहरुका अनुसार यो जोडी मिडियालाई छल्ने प्रयास गर्दै रातको समयमा लामो सफरमा हिडेको थियो । शाहिदले गाडी ड्राईभ गरेर राती मुम्बैको परिक्रमा गरेको यो भोलि पल्ट पनि सँगै देखा परेको थियो ।

%d bloggers like this: