Tue. Apr 16th, 2024

ब्रिटिस अभिनेत्री तथा मोडल केली ब्रुबले आफ्नो बिहे भैसकेको संकेत गरेकी छन् । सामाजिक संजाल इन्स्टाग्राममा उनले राखेका कतिपय तस्वीरहरुले उनी बिवाहित भएको संकेत गर्छन् ।

औपचारिक रुपमा आफ्नो बिहे भएको घोषणा नगरेकी केलीले विवाहको मगनी भएका डेविड म्याइन्टोशलाई इन्स्टाग्राममा पतिको रुपमा सम्बोधन गर्दै फोटो सार्वजनिक गरेकी छन् ।

केलीले ईन्स्टाग्राममा डेविडसंग अंकमाल गरेको, संगै बसेर मुस्कुराएको फोटो सेयर गरेकी छन् । यसका साथै उनले आफ्ना साथीहरु र डेविडसंगै बसेर चक्लेट तथा वियर खाएको फोटो पनि सार्वजनिक गरेकी छन् ।

तर उनले आफ्नो विहे भैसकेको वा हुन लागेको बारे केहि लेखेकी छैनन् । केलीले आफ्नो बिवाह डेविडसंग हुने बारे यस अघिनै सार्वजनिक गरेकी थिईन् ।

%d bloggers like this: