Fri. Apr 26th, 2024

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा छिट्टै एक नारीप्रधान चलचित्रमा देखा पर्ने भएकी छन् ।

सोनाक्षीले यस बारे आँफै खुलासा गरेकी हुन् । उनले भनिन्, ‘मैले हालै एक नारीप्रधान चलचित्रका लागि काम सुरु गरेकी छु । उनले भनिन्, जुन चलचित्रलाई लिएर म निकै उत्साही छु ।’

सोनाक्षी अचेल आफ्नो चलचित्र ‘होली डेः अ सोल्जर इज नेभर अफ ड्युटी’ प्रदर्शनको पर्खाइमा छन् ।
चलचित्र लुटेरामा राम्रो सफलता बटुलेपछि उनलाई चलचित्रमा खेल्ने प्रस्ताव बढिरहेका छन् ।

उनले भनिन्, ‘लुटेरा पछि धेरै चलचित्रले मसंग सम्पर्क गरेका थिए । तर कुनै पनि चलचित्र मलाई मन परेनन् । लुटेरा मेरा लागिनै लेखिएको थियो । तर त्यसपछिका प्रस्तावित चलचित्र मेरो भूमिका सुहाउँदो थिएनन् ।’

%d bloggers like this: