Fri. Apr 26th, 2024

काठमाडौं, जेठ १६ । पछिल्लो समयका फिल्ममा फेसन स्टाइलिष्टका रुपमा जमिरहेकी फेसन डिजाइनर निलिमा शर्माले राजधानीको नयाँबानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा ‘निलिमाज फेसन स्टुडियो’ को शुभारम्भ गरेकी छन् । फेसन क्षेत्रमा ८ वर्षदेखि रमाइरहेकी निलिमाको स्टुडियोको नायिका करिश्मा मानन्धरले शुक्रबार उद्घाटन गरिन् ।
करिश्माले नेपाली फिल्म उद्योगका लागि केही काम गर्ने व्यक्तिको रुपमा निलिमालाई पाएको बताईन् । सात वर्ष अघि सिटी सेन्टरमा निलिमाले खोलेको स्टुडियोलाई नयाँवानेश्वरमा सारिएको उनले बताईन् । निलिमले आफ्नो स्टुडियोमा युवावस्थादेखि वयस्कसम्मकाले लगाउने किसिमका पहिरन पाइने बताईन् । स्टुडियोमा न्यूनतम २ हजारदेखि अधिकतम ४५ हजारसम्मका महिला पहिरन मात्र उनले १३ फिल्ममा आफ्नो फेसन कुशलता देखाइसकेकी छन् ।

%d bloggers like this: