Tue. Apr 23rd, 2024

काठमाडौं, जेठ १६ । नयाँवर्षको शुभारम्भमै प्रदर्शन भएको फिल्म ‘नाइ नभन्नु ल २’ ले उत्कृष्ठ व्यापार गर्दै प्रदर्शनको ५१ औं दिन पु¥याएको छ । बाल प्रेम कथा र बाल मनोविज्ञानको कथा बोकेको फिल्मले देशभरका हलमा आफ्नो उत्कृष्ठतालाई कायमै राखेको छ ।
फिल्मले राजधानीको गोपीकृष्ण, गुण सिनेमा, दाङको घोराहीलगायत करिब ७ वटा हलमा एकसाथ ५१ दिन मनाएको हो । फिल्मका वितरक गोविन्द शाहीका अनुसार फिल्मले अझै पनि धेरै हलमा राम्रो व्यापार गरिरहेको दाबी गरे । ‘पछिल्लो समयमा आएका अन्य फिल्म भन्दा नाइ नभन्नु ल २ ले अझै पनि राम्रो व्यापार गरिरहेको छ,’उनले भने,‘राम्रो कथा, निर्देशकीय पक्ष, मनछुने गीत संगीत, कलाकार र विशेषत बाल कलाकारको अभिनय र वितरणको राम्रो व्यवस्थापनका कारण पनि फिल्मले राम्रो व्यापार ग¥यो ।’
वान टाइम सिनेमाको व्यानरमा निर्मित फिल्मका निर्देशक विकास आचार्य हुन् भने फिल्मलाई दिनेश पोखरेलले निर्माण गरेका हुन् । फिल्ममा सुरजसिंह ठकुरी, सरोज खनाल, जीवन लुँइटेल, अनुभव रेग्मी, प्रियंका कार्की, सिताराम कट्टेल, सुज्ञानी भट्टराई, सोहित मानन्धर र वर्षा शिवाकोटीलगायतको अभिनय रहेको छ ।बसन्त सापकोटा र सुरेश गैरेको संगीत, डा. कृष्णहरि बराल र प्रभा आचार्यको गीत, कविराज गहतराजको नृत्य र पुरुषोत्तम प्रधानको छायांकन रहेको छ । फिल्मका निर्देशक आचार्य ५१ दिन मनाउनका लागि हाल दाङमा छन् ।

%d bloggers like this: