Fri. Apr 26th, 2024

छायांकनका क्रममा रहेको चलचित्र आभाषमा निशा अधिकारी पनि अनुबन्धीत भएकी छन् । पछिल्लो समयकी सुपरहिट नायिका निशा आभाषमा अनुबन्धित भएको निर्माता गोविन्द शाहीले बताए ।

सुरेन्द्र पौडेलको निर्देशनमा बन्न लागेको चलचित्र आभाषमा सुनिल रावल, संयम पुरी, सलोन बस्नेत, प्रियंका कार्की, प्रकृति श्रेष्ठ, आश्मा डिसी लगायतका कलाकारको अभिनय रहने निर्माता शाहीको भनाई छ ।

शाहीका अनुसार चलचित्रको छायांकन सुरु भैसकेको छ । आगामी ५० दिनमा काम सक्ने गरी छायांकन सुरु भएको उनले बताए ।

क्रियटिभ फिल्म एण्ड ग्लोसी पिक्चर्सको प्रस्तुतिमा निर्माण हुन लागेको आभाष चलचित्रको पोखराबाट छायांकन सुरु भएको छ । चलचित्रको काठमाडौं लगायत देशका मुख्य पर्यटकीय क्षेत्रमा छायांकन हुने निर्माता शाहीले बताए ।

%d bloggers like this: